(के लेखौ के लेखौ भैराथ्यो। यसो कम्प्युटर भित्र खोज्दै जादा पुराना प्रकासित भैसकेका लेखहरुको पोको भेटियो। अनि ति मध्य यसैलाई ब्लगमा राखेर झारा टार्ने मन गरे। तर समस्या के आ इपर्यो भने प्रिटी फन्टमा लेखिएको त्यो लेख ब्लगमा राख्न नमिल्ने। फेरि टाइप गरौ भने पनि कति गर्नु। इन्टर्नेटमा खोज्दै जादा xnepali blog मा प्रिटि लाई युनिकोडमा बदल्ने सुबिधा रैछ। त्यसैको प्रयोग गरेर मेरो त्यो पुरनो लेख आज यहा पुन प्रकासित गरेको छु। मलाई लाग्छ करिब ५ बर्ष पहिले प्रकासित लेखको लेखको मुल आसय अझै पनि उस्तै छ।-Naya Lahure )
अहिलेको विश्व दुई भागमा वाँडिएको छ । २०% जनसंख्या सहित ४०% भु–भाग ओगटेका विकसित देशहरु एकातिर छन भने ८०% जनसंख्या सहित ६०% भु–भाग ओगट्ने अविकसित देशहरु अर्कातिर छन् । विकसित मुलुकहरुले ८०% भु–स्रोतको उपयोग गर्छन भने अविकसित र अल्प विकसित मुलुकहरुले २०% मात्र भु–स्रोतको उपयोग गर्छछ । कुनै देशको आर्थिक सुदृढता त्यसले विज्ञान र प्रविधिको उपयोग गर्न सक्ने क्षमता हो भन्ने कुरा प्रमाणित भइसकेको छ । अब्दुल सलामले भनेका छन्– विकसित र अविकसित राष्ट्रहरु वीच रहेको आर्थिक र प्रभावको खाडल आधारभुतरुपमा विज्ञान र प्रविधिको विच रहेको खाडल हो् । तथ्यहरुले के पुष्टि गर्छन भने कुनै देशका नागरिकहरुको जीवन स्तर त्यहाँको विज्ञान र प्रविधिको स्थितिमा निर्भर गर्दछ । विकसित विश्व अहिले अन्तरिक्षमा प्रभाव जमाउनका लागि प्रतिस्पर्धा गर्दैछ । ४० वर्ष अगाडी रुसबाट सुरु भएको अन्तरिक्ष यात्रा अमेरिका, युरोप घुम्दै एशियाका चीन, भारत र जापानतिर सर्दै छ । तर नेपाल लगाएतका अविकसित मुलुकहरुका लागि यी मानव उपलब्धिहरु हजारौं बर्ष पहिले रचिएका धार्मिक ग्रन्थका काल्पनिक कथा सरह भएका छन् । विज्ञान प्रविधिको विकास र यसको उपयोगवाट मावन जीवन सरल र सहज बनाउने तर्फ सोच्नु त कता हो कता आधारभुत आवश्यकता पुर्तिका लागि मरिमेट्दा पनि संम्भव भएको छैन् ।