10/24/2010

यसरी मनाइएको थियो दशैं: वायोमिङमा मनाइएको दशैंको भिडियो

अघिल्लो पोस्ट्मा हाम्ले पनि दशैं मनाइयो भनेर लेखेको थिए। यसपाली उक्त कार्यक्रमको भिडिओ राखेको छु। बल्ल एक हप्ता पछि अलि फुर्सद मिलाएर भिडियो अपलोड  गरेको छु र तिनै भिडियो यहाँ राखेको छु। तात्ताइ राख्न पाएको भए झनै राम्रो हुन्थ्यो होला तर पनि ढिलो भैसकेको छैन।

पहिलो भिडियो मा लोकनाथ अधिकारीले दशै को बारेमा बोल्दै गरेको अनी अन्तिम तिर पुजा गरेको द्रिश्य देख्न सक्नु हुन्छ। दशैंको ब्याख्या त्यहा रहेका गैर्-नेपाली वा गैर्-हिन्दु हरुलाई मध्य नजर राखेर गरियो होला भन्ने मैले अनुमान गर्या छु।




दोश्रो भिडियो मा टिका र जमरा लगाको देख्नु हुन्छ।

Dashain 2010 in Wyoming Part 2: Tika, Jamara and Blessing from Naya Lahure on Vimeo.

र तेश्रोमा खशिको मासु भातले पेट पुजा गरेको अनि नाच गान को रमाइलो राख्या छु।

यो भिडियोको सुरु तिर खाना खाँदै गरेको द्रिष्य देखाको छु। ब्याक्गराउन्ड मा बजेको गीत हरिबंस आचार्यको हो। अनि केही महानुभाबहरुले दशैको शुभकामना दिनु भा'छ। अन्तिम तिर नाच्गान को रमाइलो छ। म आफै पनि गीत गाउन लाई-मिली गर्या छु। अनि नजानि नजानि पनि नाच्या जस्तो गर्या छु। 


भिडियो खिच्न सहयोग गर्ने प्रदीप भाई र शशी सर लाई धन्यबाद्। 

1 comment:

  1. wyoming ka sara khaire khaireni lai tika laaidichhin aamai le . Nice vidieo

    Bhai

    ReplyDelete

Please type your comment in the box below.