फागुपुर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक आएको पूर्णचन्द्र चम्किलो र ठूलो देखिने आशामा आकाश नियालिरहेकाले 'सुपरमुन' ठूलो त देखे तर चम्किलो देखेनन्। काठमाडौंको आकाशमा व्याप्त धुलोले गर्दा चन्द्रमाको वास्तविक रङ पनि देख्न पाइएन।' गर्मी र सुख्खा समय आउँदै गर्दा काठ्मान्डुले यो समस्याबाट मुक्ति पाउन सक्दैन। फेरि यो अहिलेको असर् लोकल नभएकोले अन्य ठाउँमा हुने नकारत्मक घट्नाले असर् देखाउछ।
मौसम् परिवर्तन र बिश्वब्यपी तापक्रम ब्रिधी को कुराहरु धेरै भइ'रा छन्। यसो कम्पुटर भित्र खोज्दै जादा एउटा पुरानो लेख भेटे। कम्तिमा पाच बर्ष पुरानो हुनु पर्छ र मेरो बिचारमा हाक साप्ताहिक मा प्रकाशित पनि भैसकेको हुनु पर्छ। मानबिय क्रियकलाप बाट प्रिथिबीमा पर्न गएको असर् सम्बन्धीकुराहरुलाई समेटेर लेखेको यो लेख यसपाली ब्लग मार्फत बाड्न चहन्छु। नयाँ लेख्न अलि समय मिलिराखेको छैन।
........................................................................
मानविय कृयाकलापबाट असुरक्षित बन्दै गइराखेको पृथ्वीलाई जोगाउने एक कदमको रूपमा लिइएको क्योटो अभिसन्धि गत फागुन ५ गते देखि लागु भएको छ। विगत १३ बर्षको लामो प्रयास पछि यसलाइ रसियाले अनुमोदन गरेपछि लागु भएको हो। सन् १९९७ मा जापानको क्योटो सहरमा भएको जलवायु परिवर्तन सम्बन्धि तेश्रो विश्व सम्मेलनले प्रमुख औधोगिक राण्ट्रहरूले सन् २०१२ सम्म हरितगृह ग्याँस उत्सर्जन दर सन् १९९० को भन्दा ५.२ प्रतिशत कम गर्ने गरि क्योटो अभिसन्धि तयार गरेको थियो। उक्त अभिसन्धिमा औधोगिक राष्ट्रहरुले उत्सर्जन गर्ने कूल अंशको ५५% समेट्ने गरि देशहरूले अनुमोदन गरेमा मात्र क्रियान्वयनमा आउने सर्त थियो। विश्वको कूल हरितगृह ग्याँस उत्पादनको १७% ओगट्ने रसियाले अनुमोदन गरे पछि ६१% हरितगृह ग्याँस उत्पादन गर्ने देशहरू समेटियका छन्। यसबाट औधोगिक प्रदुषणको रूपमा निस्कने हरितगृह ग्याँसको कम हुने र केहि हदसम्म भएपनि वातावरणिय सन्तुलन कायम हुने अपेक्षा गर्न सकिन्छ।
औधोगिक राष्ट्रहरूले ठूलो मात्रामा प्रयोग गर्ने जैविक इन्धन: पेट्रोलियम पदार्थ, कोइला आदिको जलनबाट निस्कने प्रदुषक ग्याँसहरूले हरित गृह प्रभाव देखाउँछन्। यि मध्ये पनि कार्वनडाईअक्साइड प्रमुख हरित गृह ग्याँस हो। हाम्रो वायुमण्डलमा कार्वनडाईअक्साइडको मात्रा लगातार वढ्दै गएको छ र यसले हरितगृह प्रभाव पनि बढेर गएको छ। यसको कारण पृथ्वीको तापक्रम वृद्वि भईरहेको छ। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय अन्तरसरकारी समूहको प्रतिबेदन अनुसार सन् १९०० को दशकमा विश्वको औसत तापक्रम शून्य दशमलव छ डिग्री सेल्सीयसले वृद्वि भएको छ। सन् २१०० सम्म विश्वको तापक्रम पाँच दशमलव आठ डिग्री सेल्सीयस बढ्ने अनुमान वैज्ञानिकहरुले गरेका छन्। जल तथा मौसम विज्ञान विभागको अध्ययन प्रतिवेदनका अनुसार नेपालको तापक्रम औसतमा ०.०६ डिग्री सेल्सीयस प्रति वर्ष बढीरहेको छ। भने सन् १९६० पछि हिमाली क्षेत्रको तापक्रम एक डिग्री सेल्सीयसले बढेको छ। अझ् यो तापक्रम वृद्धि दर उच्च हिमश्रृंखलाहरुमा बढी पाइएको छ। स्मरणिय यो छ कि सन् १९५८ तिर वायुमण्डलमा दश लाख भागको केवल ३१५ भाग मात्र कार्वनडाईअक्साइडले ओगटेको थियो। तर सन् १९८८ मा सो मात्रा बढेर ३४५ पुगेको थियो भने सन् २०५० सम्ममा यो मात्रा ६५० सम्म पुग्ने बैज्ञानिकहरुको पूर्व अनुमान छ।
हरितगृह प्रभाव र त्यसबाट हुने तापक्रम वृद्धि विश्वब्यापी रुपमा हुने भएकाले नेपालले न्यून मात्रामा हरितगृह ग्याँस उत्सर्जन गरे पनि त्यसले पार्ने नकारात्मक प्रभाव भने खेप्नु परेको छ। विश्वब्यापी तापक्रम वृद्धिका कारण हाम्रा हिमालका हिंउ पग्लन थालेका छन्।नयाँ नयाँ हिमतालहरु जन्मिरहेका छन्। र तिनमा पानीको आयतन तीब्र गतिमा वढिरहेको छ। सन् २००१ मा राष्ट्रसंघिय वातावरण कार्यक्रम तथा इसिमोडले तयार गरेको प्रतिवेदन अनुसार पृथ्वी तातिएको कारण नेपालका हिमाली क्षेत्रका चालीस हिउँतालहरुलाइ खतरा पुगेको छ भने बीस वटा ताल फुट्ने अवस्थामा पुगेका छन्। तिब्र गतिमा भएको हिंउ पग्लाईले त्यसक्षेत्रको जैविक विविधता र संस्कृतिमा समेत खतरा उत्पन्न गराएको छ। यसको प्रभावबाट कोष्टारिकामा पाइने दुर्लभ “वुफो पेरिग्लेन्स” विश्वबाट लोप हुनेछ। विश्व वन्यजन्तु कोषले पृथ्वीको मौसममा अस्वभाविक परिवर्तन देखापरेकोले आगामी दुइ दशकमा ध्रुवीय भालु लोप हुने चेतावनी दिएको छ। हरित गृह ग्याँसले एकातिर यसरी हिंउ पग्लने क्रम तिब्र हँदैछ भने अर्कोतिर समुद्रमा पानीको आयतनमा वृद्धि हँदै गएको छ। यसबाट समूद्रि तटका मानव वस्तीहरु डुब्ने खतरा बढेको छ। हालै वेलायतमा भएको मौसमबिदहरुको सम्मेलनमा सार्बजनिक गरिएको तथ्य अनुसार यो शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धिको कारण विश्वमा तीन करोड मानिसहरुले पानीको कारण दुःख पाउनेछन।
वातावरणीय प्रदुषणको कारणले असुरक्षित बन्दै गइरहेको पृथ्वीलाइ बचाउन प्रदुषणलाइ स्रोतबाटै कटौति गर्न जरुरी छ। यसको सबैभन्दा राम्रो विकल्प भनेको स्वच्छ उर्जालाइ बढावा दिनु नै हो। अर्को पाइला भनेको अहिले हरितगृह ग्याँस उत्पादन गरिरहेका उधोगहरुमा स्वच्छ सँयन्त्र जडान गर्ने हो। जसबाट प्रलुषक ग्याँसको उत्पादन कम गर्न सकिन्छ। यि प्रदुषक ग्याँसलाइ सोसेर वातावरणमा तीनको मात्रालाइ कम गराउने हरिया विरुवाको सँख्या वृद्धि गर्नु हो। यसको लागी प्रमुख औधोगिक राष्ट्रहरु जिम्मेवार हुन पर्दछ। विश्वमा सवैभन्दा वढि(३७%) हरितगृह ग्याँस उत्पादन गर्ने राष्ट्र अमेरिका हो। तर उसले आफना उद्योगको सुरक्षाको नाममा हरितगृह ग्याँस उत्पादन गर्ने क्योटो अभिसन्धिमा हस्ताक्षर गर्न मानेको छैन्। हरितगृह ग्याँसको उत्सर्जन घटाउँदा औद्योगिक संरचना परिवर्तन गर्नु पर्ने र त्यसबाट देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पनैृ अमेरिकीहरुको भनाई छ। उनीहरुले पर्याप्त बैज्ञानिक अनुसन्धान भएपछिमात्र यस बारे धारणा बनाउन सकिने बताएका छन्। र बिकासोन्मुख देशहरुले पनि अह्लिे देखिनै जिम्मेवारी लिनु पर्ने जिकिर गर्छन्। यसबाट पृथ्वीको बिग्रदो भविश्य प्रति अमेरिकाले लापरवाही गरिरहेको बुझिन्छ। क्योटो अभिसन्धिमा हस्ताक्षर नगर्ने अष्ट्रेलिया पनि हो। अमेरिका पछि चीनले बढि हरितगृह ग्याँस उत्पादन गर्छ। तर उसले क्योटो अभिसन्धी अनुमोदन गरि कार्यान्वयन गर्ने दृढता ब्यक्त गरेको छ। यता दक्षिण एसियामा नेपाल बाहेकका सबै देशहरुले उक्त अभिसन्धी अनुमोदन गरिसकेका छन। नेपालले अनुमोदन नगरेपनि उक्त अभिसन्धी कार्यान्वयन गर्न कुनै बाधा पर्दैन। तर उक्त अभिसन्धीबाट लिन सकिने फाइदाका लागी भने अनुमोदन गर्नु पर्दछ। उक्त अभिसन्धीले स्वच्छ विकास संयन्त्रको ब्यवस्था गरेको छ। नेपालजस्ता न्यून हरितगृह ग्याँस उत्सर्जन गर्ने देशहरुले उक्त संयन्त्रबाट फाइदा लिन सक्छन। प्रदुषित ग्याँस पृथ्वीको जुन कुनाबाट निस्केपनि तिनले पार्ने नकारात्मक प्रभाव विश्वब्यापी छ र पृथ्वीको अर्को कुनासम्म पुग्छ। त्यसो हुनाले यसका निम्ति कुनै एकपक्षमात्र जिम्मेवार भएर पुग्दैन। सबै जिम्मेवार हुन जरुरी छ। त्यसमा पनि बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने देशहरु बढी चिन्तित हुन अत्यन्त आवश्यक भईसकेको छ।
बसन्त गिरी
रसायनशास्त्र केन्द्रिय विभाग, त्रि.वि.,कीर्तिपूर
No comments:
Post a Comment
Please type your comment in the box below.