3/23/2011

नेसा (NeSA-NMSU) को अन्तरास्ट्रिय कन्फेरेन्स

New Mexico State University मा रहेको नेपाली विद्यार्थीहरुको यो संस्थाले आयोजना गर्न थालेको यो कन्फेरेन्सको निमन्त्रणा यहाँको नेपालीहरुको संस्थालाई आको थियो। मलाइ पनि फर्वार्डेड ईमेल आथ्यो। यसो कन्फेरेन्सको थिम हेर्दा खासै आकर्सित गरेन। राजनले जाने होर भनेर सोद्दै थिए जादैन होला भन्दे। कन्फेरेन्सको बिषय  “प्रबासी नेपाली: प्रबासका चुनौतीहरु तथा मातृभूमिको चासो” (Nepalese Diaspora: Hostland Challenges and Homeland Interest) मेरो ज्ञानको क्षेत्रको परेन। त्यसैले त्यहा आफूले गरि राखेको अनुसन्धानको काम प्रस्तुत गर्न उपयुक्त देखिन। खाली त्यहा भएका साथि भाई सँग भेट घाट् गर्ने बाहेक अरु मैले केही गर्न सक्ने थिन। चिने जानेको र भेट्न मन भा'का नभा'का होइनन तर गाडी हाकेर जादा धेरै टाढा पार्ने ठाउँ, उडेर जान पैसो नहुने अनि सँग संगै समय पनि टन्नै लाग्ने हुनाले गैन। त्यसको सट्टा क्यन्सास तिर गए केही दिनको लागि।

कन्फेरेन्सको बिषय त राम्रै हो। अनि बिस्वबिध्यलयको नेपाली संस्थाले यस्तो कार्यक्रम गरेको झनै राम्रो। धेरै यस्तै संस्थाले खाली साँस्कृतिक कार्यक्रम मात्रै गरेको जानकारी आउछ। कम्तिमा यस्तो academic कार्यक्रम गर्दा स्वम विद्यार्थीहरुको ब्यवसाइक जीवनमा फाईदा हुन्छ। हामिले वायोमिङमा पब्लिक टक को कार्यक्रम गर्छौ। विद्यार्थीहरुले आफूले गरि राखेको अनुसन्धानको बारेमा presentation दिन्छन्। यसको बारेमा कुनै दिन लेखुला। 

नेसाको कार्यक्रम सफलतापुर्बक सम्पन्न भएछ। संसार भरिका नेपाली मेडियामा समाचार आइरा रैछ। प्रचार प्रसारमा साथिहरु निकै अगाडि रैछन्। यसै सम्बन्धी समाचार राखेको छु तल। 
.......................................................................
अमेरिकाको न्यु मेक्सिको राज्य स्थित न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थीहरुको संस्था नेसा एनएमएसयु (NeSA-NMSU) ले “प्रबासी नेपाली: प्रबासका चुनौतीहरु तथा मातृभूमिको चासो” (Nepalese Diaspora: Hostland Challenges and Homeland Interest) नामक तेश्रो अन्तरास्ट्रिय कन्फेरेन्स सफलतापुर्वक आयोजना गरेकोछ|

उक्त एक दिने कन्फरेन मार्च १९, २०११ का दिन न्यु मेक्सिको स्टेट युनिभर्सिटी, लस क्रुसेस, न्यु मेक्सिकोमा सम्पन्न गरिएको थियो| यस अघि सन् २००९ र २०१० मा आयोजित दुई सफल पछि नेसाले गरेको यो तेस्रो अन्तरास्ट्रिय कन्फेरेन्स हो| 

सो कार्यक्रममा अमेरिकाका विभिन्न विश्वबिधालयहरुमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली तथा अमेरिकी विध्यार्थी तथा विज्ञहरुद्वारा विभिन्न बिषयमा अनुसन्धानमुलक सामग्रीहरु प्रस्तुत गरिएको थियो| नेपाली तथा अमेरिकी र अन्य विदेशी विज्ञ एवं विध्यार्थीहरुको उलेख्य सहभागिता रहेको सो कार्यक्रममा सभापति तुल्सी पौडेलले स्वागत मन्तब्य दिदै प्रबासी नेपालीहरुले बिदेशमा सिकेका सीपहरु देशको बिकास निर्माणमा प्रयोग गर्न सकिनेकुरामा जोड्दिनुभएको थियो भने युनिभर्सिटी अफ न्यु मेक्सिकोका प्रोफेसर तथा नेपाल स्टडी सेन्टरका सस्थापक र “प्रवासी नेपाली समुदाय” का विज्ञ डा. आलोक बोहराको संदेश नेसाका उपसभापति डिल्लीराज पौड्यालद्वरा पढेर सुनाइएको थियोI संस्थाका सल्लाहकार न्यु मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. राम आचार्यले यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदायको शैक्षीक उत्थान गर्दै नेपाल तथा नेपालीको बृहत्तर बिकासमा विशेष योगदान दिन सक्ने कुरा बताउनु भएको थियो|

दुइ सत्रमा आयोजना गरिएको सो कार्यक्रमको पहिलो सत्रमा अमेरिकी विश्वबिधालयहरुमा स्नातकोत्तर तथा बिधाबारिधी तहमा अनुसन्धान भइरहेको विभिन्न बिषयहरुसंग सम्बन्धि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो| उक्त सत्रमा गणित शास्त्रका साभिक मिल्लोस, नर्सिंगकी संगीता थपलिया, भौतिक शास्त्रका चुर्ण भण्डारी र मंजिता श्रेष्ठ, इलेक्ट्रिकल इन्जिनीरिंगका ओम प्रसाद दाहाल, र बायो-केमिस्ट्रीका सन्तोष दुलालले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दोश्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, अर्थब्यवस्था, जनजाती, विद्युत र विज्ञान तथा प्रविधिसंग सम्बन्धित अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो| कार्यक्रमका प्रमुख वक्ता टरान्ट काउन्टी कलेज, टेक्सासका अनुसन्धानकर्ता डा. अर्जुन बन्जाडेले नेपाली सामुदायिक रेडियोको अवस्था र भूमिका संग सम्बन्धित आफ्नो अनुसन्धानको अनुभवहरु सुनाउनुभएको भएको थियो|

उक्त बिश्वबिधालयमा ईन्जिनियरिङ बिषयमा बिधाबारिधी गर्दे गर्नुभएको मालती चौधरीले नेपालमा बायु उर्जाको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने नेसाका पूर्व सभापति तथा सोही बिषयका देशराज संयोकले अमेरिकामा प्रबासी नेपालीहरुको वर्तमान अवस्थाको बारेमा तथ्याँकगत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो| युटेप,टेसक्समा अङ्रेजी बिषयमा बिधाबारिधी गर्दे गर्नुभएको रमेश पोखेरलले नेपालमा जात तथा जातियताको संरचना सम्बन्धि अनुसन्धान पत्र प्रस्तुत गर्नु भयो भने सोही बिषयका प्रबासी विद्यार्थीहरुको शैक्षिक चुनौती सम्बन्धि धारणा पत्र पेस गर्नुभयो| न्यू मेक्सिको बिश्वबिधालयमा अर्थशास्त्र बिषयमा बिधाबारिधी गर्दे रहनु भएको दधिराम अधिकारीले नेपालको विकाशमा वैदेशिक ब्यापारको भूमिका सम्बधी अनुसन्धान पत्र प्रस्तुत गर्नुभएको थियो| बिहान ८ बजे सुरु भएको सो कार्यक्रमको बिधिबत समापन नेसाका शैक्षिक निर्देशक तथा कार्यक्रम संयोजक सुरेश गौतमको धन्यबाद मन्तब्य संगै साझ ५ बजे गरिएको थियो|

No comments:

Post a Comment

Please type your comment in the box below.