3/04/2012

आंधीले ढाल्ने घर्

हिजोको टोर्नेडोले भत्केको घर्। पुरै काठले बनेको घर।  (स्रोत )
अमेरिकाको इन्डिएना राज्यमा हिजो आएको टोर्नेडोले गर्दा थुप्रो धन र जनको पनि क्ष्यती भयो। अली एक दुई दिन अघि दक्षिण तिरका राज्यहरुमा पनि त्यस्तै हावा हुरीले बस्तीका बस्ती ध्वस्त पार्यो। कति मरे पनि। बिकसित मुलुक नहुदो हो त धेरैको ज्यान जादो हो भन्ने सोचाइ आइरन्छ यो मनमा।

अली अघि कृष्ण धाराबासीको आधी न आउने घर भन्ने किताब पढ्या थे। तराई तीरको फुस्को घर हरेक चैत बैषाखमा आउने हुरीले भत्काइदिने, अनि फेरि ओतको लागि बनाउनु पर्ने दुख्ख विवरण सहितको त्यो किताबमा उनले पक्की घर बनाउन पाए देखि यो आधीले केही गर्ने थिएन भनेका छन्। पछि त धाराबासी पनि आधी नआउने पक्की घरमा बस्न थाले होलान् मेरो बिचारमा। नेपाल् जस्तो देशमा अंरिकामा जस्तो टोर्नेडो र अन्य प्राक्रितिक प्रकोप आइरने हो भने कति मान्छे मर्दा हुन है? हुन त हाम्रो तीर मान्छे मर्न अरु नई कारणहरू जति पनि छन्।  

हाम्रो पहिले खरले छाएको घर हुँदा प्राय जसो फागुन चैत तीर हावा हुरीले छानोको खर उडाएर लैजान्थ्यो। अनि धराबासीको किताबमा उल्लेख गरे जस्तै बल्ल तल्ल खर खोजेर की म आफै (बच्चा तेतिबेला) की छिमेकीलाई बोलाएर पानी पर्न भन्दा पहिले नै मिलाउनु पर्थ्यो। सार्है हैरान लाग्थ्यो, प्रत्यक बर्ष तेसो गर्न पर्दा। कुनै बर्ष त दोहोरिएर। अनि मलाइ पनि लाग्थ्यो, यो घर टीनले छाउन पाए त पानी पनि चुन्थेन र घरि घरि छानो चढेर खर मीलाई रन नी पर्थेन। तीन तले घरको छानोमा चढेर काम गर्दा सातो नै जान्थ्यो। अहिले सम्झिदा लाग्छ, छानो मात्रै उडाउने हावा हुरी अमेरिकाको घरै भत्काउने भन्दा त धेरै राम्रो। नेपालमा हावा हुरीले घरै भत्काको तेति हुदैन। पछि (आठ कक्ष्यामा पढ्ने समय तिर) मौरिघाट स्कुल नजिकै बसाइ सरे पछि उक्त समस्या त परेन पक्की घरले गर्दा तर त्यहा भएका आंपका रुखमा लागेका बतिला सबै झार्दा भने मन रुन्थ्यो। 
यो अमेरिकामा मान्छे बस्नको लागि बनाको घरहरू (residential)यति कम्जोर बनाउछन होला? स्कुल जादा र आउँदा यहा नयाँ बन्दै गरेको अपर्ट्मेन्टको घरहरू हुर्कदै गरेको प्रत्यक्ष आफ्नै आंखाले देखि रा'छु। पुरै घर काठै काठ्को। जग पनि गहिरो खन्न नपर्ने। यसो हेर्दै हामि सानो छदा सलाईको खाली बट्टा एक माथी अर्की राखेर घर बनाउदै खेलेको याद् आउने खालको। अनि यस्तो घर बनाउछन र पो टोर्नेडो आयो भने सखाप पार्दो रैछ भन्ने  लाग्छ। मलाइ घर बनाउने प्राबिधिक कुरो को केही थाहा छैन। तर पनि ले म्यानले हेर्दा त्यस्तो देखिने। पक्की घर बनाए त अली सुरक्षित हुदो हो। सानो सानो टोर्नेडो आउँदा नभत्किने। अमेरिकामा यस्ता टोर्नेडो फेरि आको आइ गर्छन्। यस्तो देख्दा त घर बनाउने कुरो अली फरक तरिकाले गर्नु पर्ने हो नि?  

1 comment:

  1. America ka Ghar hoinan Salaai ka Batta hun. K garnu salai ka battam mai basnu pardi raicha. K K na America ma aaune bhaka haami.....

    ReplyDelete

Please type your comment in the box below.