9/14/2007

तीज को रहर आयो बरिलै-तीज को लहर गयो बरिलै

आज तीज।
बिहानै दिदि बहिनिले नुहाई धुहाई गरि अस्ति बाले बजारबाट ल्याइदेका नया लुगा लगाउने तरखर गर्दै छन ।पहिले आमाले ब्रत लिन्थिन आजकल त कहिले काहि मात्रै। उता दिदि-बहिनि त जागरनै गर्दैनन। उनिहरुले बुझिसके ब्रत बसेर उनिहरुले केहि पाउदैनन भनेर।कसैले राम्रो श्रीमान पाउला भनेर ब्रत बस्छन।तर उनिहरुले पनि भने जस्तो पाएनन क्यारे।आजकलका केटिहरु ब्रत बस्ने भन्दा पनि रमाइलो गरेर तीज मनाउछन।दिदि र फुपै हिजो आफ्ना घर बाट आएका हुन। उनिहरुका घरमा पनि चेलिबेटि आएका छनरे अनि सबै काम आफ्ना घरकाले-गर्नु पर्छ भनेर गुनगुनाउदै छन।

यसपालि त 'नयागाउ' जानु पर्छ रा-म हेर्न। पोहोर थापाटोल गाको रमाइलोनै भएन के।बहिनि आमालाई फकाउछे।हेर्दा हेर्दै काइला-बन्जातनि उनका लावालस्कर् सहित अैपुगिन।हैन इन्ले कति ढिलो गरेका।बेर भैसक्यो के।चाडै गर-कति नक्कल पार्न परेको हो यि नक्कलिलाइ।बन्जातनि कडकियिन।हेर्दा हेर्दै पारिबाट लामै लस्कर अैसक्यो।नयागाउ जानेहरुको।सबैले राता लुगा लाएका छन।अनि सबैका नया लुगा।तिन्को गन्ध नै भिन्दै छ। नयागाउमा ठुला-ठुला बर र पीपलका रुखमुनि हजारौ महिलाहरु जम्म भयेका छन्- आ-आफ्ना समुहमा।हाम्रा टोल्काले पनि आफ्नो छुट्टै ग्रुप बनएर गाउन र नाच्न सुरु गरे।ुता 'चर्खे' र 'डोरे' पीङ खेल्नेको घुइचो छ। चर्खे पीङमा आफ्ना चेलिबेटि लाई पीङ खेलाउन केटाहरु तल्लिन छन। आफ्नो ग्रुपबाट आर्को ग्रुप्मा जानलाई ठिटीहरु उठे। बुढिहरुको समुहमा रमाइलो भएनरे उनिहरुलाई। होस पनि कसरि। पुरानो पुस्ताको आफ्नै तालका गीत अनि आफ्नै तालका नाच।

हामी पनि हेरौ है त कस्ता कस्ता गीत गाउने रैछन अनि कसरी कम्मर मर्काइ-मर्काइ नाच्ने रैछन। केहि मलाई मन परेका भिडियोहरु।ल त रङगले हेर्नुस।
सबैलाई तीज को शुभकामना!
सबैलाई तीज को शुभकामना!

बहिनीले दिदि सङग भिनाजुको कुरा लाउदै
भाग १



भाग २



ढल्की-ढल्की नाच दिदि बहिनी




मेरो त कम्मर खायो बरिलै-अब लोकतन्त्र आयो बरिलै




मैना मादल ठोक-काठमान्डु वरिपरिको तीज
आधुनिक हुन खोज्ने आफ्ना श्रीमानको बखान सङी हरुसङ गर्दै




दुध र घिउ खानि भा-चट्ट कपाल कोर मैया माइत जानिभा
दुध र घिउ खानि हो-एक्लै बस म त बुडा माइत जानि हो


एुटा ग्रामिण परिवारको आन्तरिक समस्या

1 comment:

  1. Plz Add the funny video of komal oli ...
    http://www.youtube.com/watch?v=uKQ2FlDd3RU
    :)

    ReplyDelete

Please type your comment in the box below.