मे १ मजदुर दिबस। नेपालमा मइ दिबस भन्छन्। मजदुर दिबस्, अन्तराष्ट्रिय मजदुर दिबस्।
यस्तै देख्दा देख्दा जीवन शर्माले यिनै किसान्, मज्दुरको बारेमा गाउने गीत को याद् आइ राछ आजभोलि।
निकाल्यौ हिरा मोति बनायौ सुनका दरबार!
न हामलाई एक छाक रोटी न पायौ ओत् लाग्ने घर!!
यहाँ म बस्ने 'कुटि' बाट स्कुल (काम गर्ने ठाउँ, अन्त भए युनिभर्सिटी भन्दा हुन्) बसमा जादा आउँदा दिन दिनै यौटा बनाउदै गरेको ठुलो घरमा काम गरि रा'का मान्छेहरु देख्छु। आजभोलि त यहाँको मौसम् खासै खराब छैन। अली अली हिउ पर्छ तर पग्ली हाल्छ। फेब्रुअरीको सुरुका दिनमा -३५ F पुग्यो। त्यस्तो बेलामा सास फेर्दा पनि जम्थ्यो। नाक नछोप्ने हो भने नाक भित्रको तरल पदार्थ आइस बनेर घोच्थ्यो। त्यति बेला काम गरि रा'का मजदुर लाई देख्दा कसरी काम गर्न सकेका हुनन भन्थे। पक्कै पनि रहरले त होईन होला। खास गरि यस्ता काममा मेक्सीको तिरका illegal आप्रबासी हुन्छन्। यिनीहरुको कथा ब्यथा बेग्लै छ। भौतिक काम जति यिनिहरुकै जिम्मामा हुन्छ। हाम्रो बिभाग (department) मा पनि मर्मत सम्भारको काम भैरा' छ। त्यहा पनि उही हो कुरो। दिमाग लगाउने काम खैरेको बाँकी हात् पाखुर लगाउने काम तिनै मेक्सिकनहरुको । जसरी तसरी आउछन्, महल बनाउछन् थोरै पैसामा तर कस्को लागि हो कस्को। बनाइसके पछि पाइला टेक्ने अवसर तीनलाई मिल्दैन।
निकाल्यौ हिरा मोति बनायौ सुनका दरबार!
न हामलाई एक छाक रोटी न पायौ ओत् लाग्ने घर!!