8/16/2008

आसुको ढिका नदेखाउ प्रिया: Kabita/Poem by Maila dai

A poem by Maila dai
He can be reached at binrit@hotmail.com
------------------------------------------------------------

आसुको ढिका नदेखाउ प्रिया ,बेथा को सागर मन्भित्रै छ
कतिनै अट्छ आँखा मा आसु ,प्रशान्त को पानी मुटुमै छ
अधेरी रात्को के दर भो अब निसामय छ यो जिन्दगी
नथाक्ने भयो जिन्दगी अब प्रतिक्षामै जिन्दगी रमेको छ
चलेको देख्चन सबै आँखा नदग्ने गरी जीवन जमेको छ

फगत एक भेट भनी सयौ पटक भुल्न खोजे
बेथा को बाध बाधि भित्रै बाहिर म खुल्न खोजे
उम्लिएर आउछ माया बगएरै लाने गरी
बढ्दै जान्छ घाऊ तेसै बाँकी प्रान खाने गरी

No comments:

Post a Comment

Please type your comment in the box below.