पढाईको सिलसिलामा अंेरिका बसाईको दुई बर्ष पछि नेपाल जाने मौका मिल्यो। घरबाट टाढा बस्दा सधै उतैको मात्रै याद अौने। दिनदिनै वेब साइटमा नेपाल सम्बन्धी खबर हेर्यो, फोन गर्यो अनि यतै भएका साथीहरुसङ कम्तिमा पनि सप्ताहन्तमा गफीयो। फेरि नेपालको राजनितिमा चासो राख्ने भएपछि अलि बढी नै समाचार खोजिदो रैछ। चैत्र-बैशाख को एैतिहासिक जन्-आन्दोलनमा सक्रिय सहभागी भएर यता आएपछि पनि नेपालको ईतिहासमा धेरै महत्वपुर्ण परिवर्तन भएका छन। सम्पुर्ण शान्ती प्रक्रिया, राजाको अधिकार कटौति, सम्बिधान सभाको निर्वाचन हुन्छ-हुन्न भन्दा भन्दै भयो, राजतन्त्रको उन्मुलन र गणतन्त्रको घोषणा, राष्ट्रपतिको चयन लाई फलो-अप नगरिकन कसरि बस्न सकिन्थ्यो र?
यसपाली भने एक महिना नेपालमै बसियो, एक हप्ता अौन जानै लाग्यो। यसो गर्दा ५ हप्ताको बिदा लिएको थिए। फर्किसकेको आज दशौ दिन ल्याबनै गैन। जानै मन लागेन। लामो समय काम बाट बाहिर बस्यो भने फेरि काममा फर्किन निकै गार्हो पो हुने रैछ गाठे। अगिल्लो हप्ताको बुधबार राति अैपुगेको थिए। बिहिबार, शुक्रबार त घर्मै सुतेर गयो। शनिबार र अैतबार पनि ल्याब जाने कुरै भएन। यो हप्ता सोमबार देखि ल्याब त गए तर काम केहि गर्या होइन क्यारे। खाली कम्प्युटर खोल्यो अनि यता उता। आज त जादै गैएन। अब अौने हप्तादेखि जमेर काम गर्ने योजना छ र दिमागलाई तेहि निर्देशन् दिएर तयारि गर्दै छु।
मलाई मात्रै हो कि अरुको पनि हालत यस्तै हो कुन्नी? एुटा गीत छ क्यरे यस्तै। अल्छी हुनुमा केहि तत्वले सहयोगीको भुमिका पनि खेले। जस्तो: बिरामि पनि परियो। सुरु सुरुमा जेट ल्याग पनि भयो। अर्को एडभाईजर बुढी पनि यहा छैनिन केरे। चाईनामा छिन। तर उनि आएपछी भने केहि नतिजा देखाउनु पर्नेछ। केटाले अौने हप्ता चाही कस्सिएरै काम गर्नु पर्ला।
एडभाईजर बुढी!
ReplyDeleteA bhai, kun din usle nepali padhli aani thaha pauli hai...
ha ha
tehivayera ta nepali maa lekheko ni
ReplyDeletek garchhau sathi testai ho. padhna kasai lai pani man lageko chhaina. Ma pani timi jastai ho.
ReplyDelete