7/11/2010

लौन "अक्टोपस" भन्देउ नेपालमा प्रधान्मन्त्री को होला?

यस्पटक अफ्रिकामा भैरहेको फूट्बलका केहि गेमहरुको  भाबिस्यबाणि  मिले पछि जर्मनीको पाउल नामको अक्टोपस बिस्वभरि नै चर्चित भै'राछ। भोली हुने अन्तिम खेलमा स्पेनले नेदरल्यान्ड लाई हराइ विश्व कप को कप लैजाने भबिस्यबाणि गरेको छ। हेरम कत्तिको मिलाउने रैछ।

मेरो विचारमा यो काकताली मात्रै हो। यौटा समुन्द्री जनावरले यसरी भबिस्यबाणि गर्न सक्ने हो भने त अन्य घट्नाक्रमहरुको पनि भबिस्यबाणि गराउन थाल्थे। यो पाउलले गरेको भाबिस्यबाणि बुज्न लाई कसरी भैराखेको छ भनेर हेर्नु पर्छ। पाउलको खाना भा'को दुइटा बक्स खेल खेल्ने टिमको झन्डा राखेर पानी भित्र झारिन्छ। अनी पाउल ले दुइटा मध्य एउटा बक्सको खाना खान्छ। यसो बुज्दै जादा खेरी त्यो जन्तु जहिले पनि दाँया तिर बाट बक्स तिर आउछ र दाँया तिरकै बक्सको खाना खन्छ। अनि दाँया बक्स को छेउमा २ वटा बल पनि राखेको छ। जुन टिमको झन्डा दाँया बक्समा राखेको छ त्यही तीमले जित्छ भनेर भबिस्यबाणि घोसणा गरिन्छ। अक्टोपस भन्दा पनि उसको मालिक, भबिस्यबाणि घोसणा को experiment सेट गर्नेहरुको समुह र कसरी experiment सेट गर्छन् त्यो महत्वपुर्ण हुनु पर्छ. 

यो अक्टोपसले सच्चिकै मिलाउने हो भने यस्लाई अब नेपालमा को प्रधान्मन्त्री हुन्छ भनेर भाबिस्यबाणि गर्न लाउन पर्यो। अहिलेको गेममा धेरै जसो prediction मिलाको हुनाले यसले खेलाडीहरु र टिम लाई psychological असर् परेको पनि हुनु पर्छ।माधव नेपाल ले रजिनामा देको २ हप्ता हुन लागि सक्यो। तर अझै पनि नयाँ सरकारको खाका आउन सकेको छैन। सबै पार्टी र तीन्का नेताहरु आ आफै प्रधान्मन्त्री हुने दाउमा छन्। सहमतीको सरकार त नाम मात्रै हो। आखिर मा बहुमत्कै सरकार बन्ने छट्काट देखिन्छ। काम चलाऊ सरकारले कति दिन सममा सरकार चलाउने? सबै भन्दा ठुलो पार्टी माओवादी बाट प्रचन्ड र बाबुराम्, काङ्रेसबाट रामचन्द्र र शेर बहादुर अनी एमाले बाट झलनाथ मैदानमा उत्रेका छन्। कसैको छनोटमा को कसैकोमा को। मान्छेहरुका अनुमान पनि आ आफ्नै छन्। टिभी पोल हरुले बाबुरामलाई एक नम्बर मा देखाको छ। पाच वटा बक्समा पांच नेताको फोटो टासेर तिन्मा पाउल को खाना राखेर उसलाई रोज्न दिने। कुन चाइ नेताको फोटो भाको बक्सको खाना खाने रैछ। यसो गर्न पाए र हेर्न पाए रमाइलै हुने थ्यो। मानम शेर बहादुर लाई छन्यो। उनले यस्तो तर्क गर्न बेर छैन - "पाउल अक्टोपस ले त म प्रधान्मन्त्री हुने देखाइसक्यो त्यसैले म नै हुनु पर्छ। 

4 comments:

  1. bijaya kumar gachhaddar

    ReplyDelete
  2. संसारमा सबैभन्दा वुद्धिमान प्राणी मानिस यो आठखुट्टेको पछि लागेको देखेपछि उदेक लागेर आउँछ । प्रोब्याबिलिटिको हिसाब अनुसार विकल्पहरु जति कम भए अन्दाज गरेर मिलाउन सकिने उत्तीकै चान्स हुन्छ नै । २ वटामा एउटा छान्न परे सम्भाव्यता ५०% हुन्छ नै ... नेपालका प्रमका दावेदार ५-७ जानाको फोटो पनि बाकसमा हालेर यी अक्टोपसको अगाडि राखेमा अक्टोपस सबैभन्दा नजिकैको (दायाँ वा बायाँ) बक्समा छीर्ने पक्कै छ :)

    म भने विश्वकपमा स्पेनले जिते मात्रै हैन, अक्टोपसले नेपालको प्रधानमन्त्रीको भविष्यवाणी मिलाए पनि यसकलाई 'कागताली' नै ठान्छु ।

    तर, हीजो नेटमा हेरेँथे ...जर्मनीले हारेदेखि यो विचरा वुद्दीहीन प्राणिलाई बुद्धिमान मानिसबाट सुरक्षाको चिन्ता भएको छ रे ....गज्जव छ बुध्दिमान मनिसको बुद्धिमत्ता :)

    पोस्टको अन्तिम वाक्य भने साह्रै घत लाग्यो : "पाउल अक्टोपस ले त म प्रधान्मन्त्री हुने देखाइसक्यो त्यसैले म नै हुनु पर्छ" यो वक्तव्य चाही पक्कै जोडदार आबाजका साथ आउने छ ...नत्र आन्दोलन हुन बेर छैन :) । रमाइलो पोस्ट ।

    ReplyDelete
  3. अब त्यही गर्नु पर्ने बेला आएजस्तो छ हाम्रो देशको सरकार बनाउनको लागि। नत्र ज्योतिष पट्टु ल्याए पनि हुन्छ होला अब त? कि कसो?

    ReplyDelete
  4. Someone noted :
    It seems like paul loved yellow color....

    He always chose the flags with more yellow color
    Arg-Ger(more yellow)
    Ger- spain (more yellow) etc etc...

    ReplyDelete

Please type your comment in the box below.