8/01/2010

फेसबूकको लत(कु)मा फसियो कि?

अहिले सम्म केहिले पनि लाउन नसकेको लत यो फेसबूक ले लायो भन्या। न चुरोटको, न खैनिको, न रौ'सिको, न गांजा, न चरेस, न जुवा, न तास, न केही न केही तर केही बर्ष देखि प्रयोग गर्न थालेको यो फेसबूकको लत लाग्यो जस्तो भयो मलाई त। लत हो की कु(?)लत्? 

ग्र्याजुएट स्टुडेन्टको जिवन यत्तिकै पनि ब्यस्त नै हुन्छ। बिहानै देखि राती सममा की त ल्याब मा Experiment गर्ने की त कम्प्युटर्मा तथ्य बिश्लेशण गर्ने। करिब आठ बजे तिर बाट सुरु हुने मेरो दिन राती बार्ह देखि एक बजे सममा टुङी सक्छ। यसरी नै मेरो काखे कम्प्युटरमा फेसबूकको दिन पनि सुरु हुन्छ र सकिन्छ। आजभोलि मैले प्रयोग गर्ने इन्टर्नेट खोल्ने साधन गुगल क्रोमले देखाए अनुसार सबैभन्दा धेरै पटक खोलियको वेब्साइट फेस्बूक नै रैछ। साथी हरुले भन्छन् के हो २४सै घन्टा फेसबूक मा झुन्डिने? हुन पनि कसै कसैलाइ त तेस्तै देखिन्छ होला। म उठ्दा बित्तिकै उठ्छ यो फेसबूक अनि म सुते पछि सुत्छ। चाहे म संगै हुँ वा नहु। यसको मतलब काखे कम्प्युटर खुल्दा खुल्छ अनि कम्प्युटर बन्द गर्दा सुत्छ।


जसले साथी लिस्टमा थपिन को लागि अनुरोध गर्छन सबैलाई स्वीकार गर्देको छु। कोही चिनेका हुन्छन् कोही नचिनेका। तेसो मेसोमा मेरो प्रोफाइल सार्वजनिक छ भन्दा हुन्छ। कहिले काहि चाट गरिन्छ साथिहरु सङ। र धेरै जसो मैले लेख्ने ब्लग (www.giri25.blogspot.com)मा पोस्ट भएका पोस्टिङ् हरु networked blogले आफ्सेआफ फेस्बूक मार्फत सार्वजनिक गर्छ। जसले गर्दा यी पोस्ट हरुले धेरै पाठक पाउछन्। यो बाहेक अरु खासै केही उपलब्धिमुलक काम गरेको जस्तो लाग्दैन। तर पनि फेसबूक जतिबेला पनि खुलेकै हुन्छ। यसैलाई होला लत बसेको भन्ने। यसले गर्दा कत्तिको काम मा अफ्ठ्यारो पर्‍यो त्यो त हिसाब किताब गरेको छैन। काम मै डिस्टर्ब गर्‍यो भने त सोच्नु नै पर्ला नि त। अहीले नै यसलाई बन्द गरि हालम भन्ने तिर त सोचेको छैन। धेरै साथिहरु सँग भेट गरा'को छ। 

विकी का अनुसार अहिले फेसबूक का सक्रिय प्रयोग कर्ता करिब पचास करोड छन् रे। यी मध्य कति होलान् म जस्ता?  के के भयो भने फेस्बूकको लत बसेको थाहा हुन्छ त? यहाँ यौटा लेख भेटे। त्यस्मा १० वटा लक्षण दे'को रैछ। तर त्यस्मा देको कुनै पनि लक्षण म मा छैन। त्यो त खुशी कै कुरा हो। यो यौटा लेख मा चाँही फेसबूक लत बाट कसरी छुट्कारा पाउने भनेर सिकाको छ। ती उपायहरु कत्तिको उपयोगी हुन सक्छन त्यो त थाहा भएन। तर तपाइलाई फेसबूकको लत लागेको जस्तो छ भने त्यो चेक गर्न र त्यसबाट छुटकारा पाउन मन छ भने माथिको साइट हेर्नु होला। 

3 comments:

  1. Kunai din facebook shut down gariyo bhanne post aaune cha...

    All is well!
    :P

    ReplyDelete
  2. Facebook kko laat chodera blogging tirai lagu ! Baru tapai ko page ma pop up auna thalecha, yeslai hataunu hola.
    Chuttai prasanga :
    अगष्ट ७,साउन २२ शनिबार नेपाली समय अनुसार बिहान ९ बजे (August 6 Friday 7:45 PM CST)तेस्रो नेपाली ब्लगर भेला @ www.dautari.org. Invitation to all bloggers.

    ReplyDelete
  3. Basanta dai, tapaiko jastai chha mero fb account pani. Ma uthda uthchha ma sutda sutchha....Chiya pasal ko guff jasto ramailo lagchha fb ma samay barbad garna...Its been very intoxicating guilty pleasure.

    ReplyDelete

Please type your comment in the box below.