3/27/2011

Why I Write?

This blog was started in late 2007 and was the first blog I started. It has been few years by now and I am able to keep it alive. It takes some time to think about what I should write for next post. Actual writing doesn't take much time. Most of the blog post materials start with my interest and I try to have something that is interesting to others as well. Remember, I am not a writer by profession I am a student of science. I have written blog posts both in English and Nepali languages but mostly in English. Some of the readers of this blog have liked my way of writing in Nepali. Some friends ask why I am writing. 

In the list below, I've tried to outline the reasons why I write.  

1. To Improve Writing Skill
I wanted to improve my writing in English and make a habit of writing. Expressing one's feeling, knowledge, experiences is very important and writing is one of the ways to express. This is equally true in professional life. My English learning started when I was in 4th grade. Forget about speaking, writing was never good. I had 57 points out of 100 in English in SLC exam. During college study, we just had to memorize books/notes and paste that in the exams. Later on I realized that writing in English is important for my professional career (that time I had decided to go on a science career). I took English as an elective subject in 3rd year of BSc. After BSc, I joined Biswabhasa Campus and studied English for one semester. These two classes definitely improved my English but was not enough because learning has to be continuous or has to be practiced regularly.

After coming to the US, I felt that strong improvement in English writing and speaking is necessary. For speaking, I took one class at OSU. For writing, in my opinion practice is very important. That's why I started this blog. When I look back my email correspondences to the professors while applying for graduate school, I feel ashamed. Over past years, my writing has been improved-I can say for sure but still learning. This blog has improved my writing in Nepali as well.

3/23/2011

नेसा (NeSA-NMSU) को अन्तरास्ट्रिय कन्फेरेन्स

New Mexico State University मा रहेको नेपाली विद्यार्थीहरुको यो संस्थाले आयोजना गर्न थालेको यो कन्फेरेन्सको निमन्त्रणा यहाँको नेपालीहरुको संस्थालाई आको थियो। मलाइ पनि फर्वार्डेड ईमेल आथ्यो। यसो कन्फेरेन्सको थिम हेर्दा खासै आकर्सित गरेन। राजनले जाने होर भनेर सोद्दै थिए जादैन होला भन्दे। कन्फेरेन्सको बिषय  “प्रबासी नेपाली: प्रबासका चुनौतीहरु तथा मातृभूमिको चासो” (Nepalese Diaspora: Hostland Challenges and Homeland Interest) मेरो ज्ञानको क्षेत्रको परेन। त्यसैले त्यहा आफूले गरि राखेको अनुसन्धानको काम प्रस्तुत गर्न उपयुक्त देखिन। खाली त्यहा भएका साथि भाई सँग भेट घाट् गर्ने बाहेक अरु मैले केही गर्न सक्ने थिन। चिने जानेको र भेट्न मन भा'का नभा'का होइनन तर गाडी हाकेर जादा धेरै टाढा पार्ने ठाउँ, उडेर जान पैसो नहुने अनि सँग संगै समय पनि टन्नै लाग्ने हुनाले गैन। त्यसको सट्टा क्यन्सास तिर गए केही दिनको लागि।

कन्फेरेन्सको बिषय त राम्रै हो। अनि बिस्वबिध्यलयको नेपाली संस्थाले यस्तो कार्यक्रम गरेको झनै राम्रो। धेरै यस्तै संस्थाले खाली साँस्कृतिक कार्यक्रम मात्रै गरेको जानकारी आउछ। कम्तिमा यस्तो academic कार्यक्रम गर्दा स्वम विद्यार्थीहरुको ब्यवसाइक जीवनमा फाईदा हुन्छ। हामिले वायोमिङमा पब्लिक टक को कार्यक्रम गर्छौ। विद्यार्थीहरुले आफूले गरि राखेको अनुसन्धानको बारेमा presentation दिन्छन्। यसको बारेमा कुनै दिन लेखुला। 

नेसाको कार्यक्रम सफलतापुर्बक सम्पन्न भएछ। संसार भरिका नेपाली मेडियामा समाचार आइरा रैछ। प्रचार प्रसारमा साथिहरु निकै अगाडि रैछन्। यसै सम्बन्धी समाचार राखेको छु तल। 
.......................................................................
अमेरिकाको न्यु मेक्सिको राज्य स्थित न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थीहरुको संस्था नेसा एनएमएसयु (NeSA-NMSU) ले “प्रबासी नेपाली: प्रबासका चुनौतीहरु तथा मातृभूमिको चासो” (Nepalese Diaspora: Hostland Challenges and Homeland Interest) नामक तेश्रो अन्तरास्ट्रिय कन्फेरेन्स सफलतापुर्वक आयोजना गरेकोछ|

उक्त एक दिने कन्फरेन मार्च १९, २०११ का दिन न्यु मेक्सिको स्टेट युनिभर्सिटी, लस क्रुसेस, न्यु मेक्सिकोमा सम्पन्न गरिएको थियो| यस अघि सन् २००९ र २०१० मा आयोजित दुई सफल पछि नेसाले गरेको यो तेस्रो अन्तरास्ट्रिय कन्फेरेन्स हो| 

3/21/2011

पृथ्वीको सूरक्षा: चिन्ता र चासो

फागुपुर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक आएको पूर्णचन्द्र चम्किलो र ठूलो देखिने आशामा आकाश नियालिरहेकाले 'सुपरमुन' ठूलो त देखे तर चम्किलो देखेनन्। काठमाडौंको आकाशमा व्याप्त धुलोले गर्दा चन्द्रमाको वास्तविक रङ पनि देख्न पाइएन।' गर्मी र सुख्खा समय आउँदै गर्दा काठ्मान्डुले यो समस्याबाट मुक्ति पाउन सक्दैन। फेरि यो अहिलेको असर् लोकल नभएकोले अन्य ठाउँमा हुने नकारत्मक घट्नाले असर् देखाउछ। 

मौसम् परिवर्तन र बिश्वब्यपी तापक्रम ब्रिधी को कुराहरु धेरै भइ'रा छन्। यसो कम्पुटर भित्र खोज्दै जादा एउटा पुरानो लेख भेटे। कम्तिमा पाच बर्ष पुरानो हुनु पर्छ र मेरो बिचारमा हाक साप्ताहिक मा प्रकाशित पनि भैसकेको हुनु पर्छ। मानबिय क्रियकलाप बाट प्रिथिबीमा पर्न गएको असर् सम्बन्धीकुराहरुलाई समेटेर लेखेको यो लेख यसपाली ब्लग मार्फत बाड्न चहन्छु। नयाँ लेख्न अलि समय मिलिराखेको छैन। 
........................................................................
मानविय कृयाकलापबाट असुरक्षित बन्दै गइराखेको पृथ्वीलाई जोगाउने एक कदमको रूपमा लिइएको क्योटो अभिसन्धि गत फागुन ५ गते देखि लागु भएको छ। विगत १३ बर्षको लामो प्रयास पछि यसलाइ रसियाले अनुमोदन गरेपछि लागु भएको हो। सन् १९९७ मा जापानको क्योटो सहरमा भएको जलवायु परिवर्तन सम्बन्धि तेश्रो विश्व सम्मेलनले प्रमुख औधोगिक राण्ट्रहरूले सन् २०१२ सम्म हरितगृह ग्याँस उत्सर्जन दर सन् १९९० को भन्दा ५.२ प्रतिशत कम गर्ने गरि क्योटो अभिसन्धि तयार गरेको थियो। उक्त अभिसन्धिमा औधोगिक राष्ट्रहरुले  उत्सर्जन गर्ने कूल अंशको ५५%  समेट्ने गरि देशहरूले अनुमोदन गरेमा मात्र क्रियान्वयनमा आउने सर्त थियो। विश्वको कूल हरितगृह ग्याँस उत्पादनको १७% ओगट्ने रसियाले अनुमोदन गरे पछि ६१% हरितगृह ग्याँस उत्पादन गर्ने देशहरू समेटियका छन्। यसबाट औधोगिक प्रदुषणको रूपमा निस्कने हरितगृह ग्याँसको कम हुने र केहि हदसम्म भएपनि वातावरणिय सन्तुलन कायम हुने अपेक्षा गर्न सकिन्छ।

औधोगिक राष्ट्रहरूले ठूलो मात्रामा प्रयोग गर्ने जैविक इन्धन: पेट्रोलियम पदार्थ, कोइला आदिको जलनबाट निस्कने प्रदुषक ग्याँसहरूले हरित गृह प्रभाव देखाउँछन्। यि मध्ये पनि कार्वनडाईअक्साइड प्रमुख हरित गृह ग्याँस हो। हाम्रो वायुमण्डलमा कार्वनडाईअक्साइडको मात्रा लगातार वढ्दै गएको छ र यसले हरितगृह प्रभाव पनि बढेर गएको छ। यसको कारण पृथ्वीको तापक्रम वृद्वि भईरहेको छ। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय अन्तरसरकारी समूहको प्रतिबेदन अनुसार सन् १९०० को दशकमा विश्वको औसत तापक्रम शून्य दशमलव छ डिग्री सेल्सीयसले वृद्वि भएको छ। सन् २१०० सम्म विश्वको तापक्रम पाँच दशमलव आठ  डिग्री सेल्सीयस बढ्ने अनुमान वैज्ञानिकहरुले गरेका छन्। जल तथा मौसम विज्ञान विभागको अध्ययन प्रतिवेदनका अनुसार नेपालको तापक्रम औसतमा ०.०६ डिग्री सेल्सीयस प्रति वर्ष बढीरहेको छ। भने सन् १९६० पछि हिमाली क्षेत्रको तापक्रम एक डिग्री सेल्सीयसले बढेको छ। अझ् यो तापक्रम वृद्धि दर उच्च हिमश्रृंखलाहरुमा बढी पाइएको छ। स्मरणिय यो छ कि सन् १९५८ तिर वायुमण्डलमा दश लाख भागको केवल ३१५ भाग मात्र कार्वनडाईअक्साइडले ओगटेको थियो। तर सन् १९८८ मा सो मात्रा बढेर ३४५ पुगेको थियो भने सन् २०५० सम्ममा यो मात्रा ६५० सम्म पुग्ने बैज्ञानिकहरुको पूर्व अनुमान छ।

हरितगृह प्रभाव र त्यसबाट हुने तापक्रम वृद्धि विश्वब्यापी रुपमा हुने भएकाले नेपालले न्यून मात्रामा हरितगृह ग्याँस उत्सर्जन गरे पनि त्यसले पार्ने नकारात्मक प्रभाव भने खेप्नु परेको छ। विश्वब्यापी तापक्रम वृद्धिका कारण हाम्रा हिमालका हिंउ पग्लन थालेका छन्।नयाँ नयाँ हिमतालहरु जन्मिरहेका छन्। र तिनमा पानीको आयतन तीब्र गतिमा वढिरहेको छ। सन् २००१ मा राष्ट्रसंघिय वातावरण कार्यक्रम तथा इसिमोडले तयार गरेको प्रतिवेदन अनुसार पृथ्वी तातिएको कारण नेपालका हिमाली क्षेत्रका चालीस हिउँतालहरुलाइ खतरा पुगेको छ भने बीस वटा ताल फुट्ने अवस्थामा पुगेका छन्। तिब्र गतिमा भएको हिंउ पग्लाईले त्यसक्षेत्रको जैविक विविधता र संस्कृतिमा समेत खतरा उत्पन्न गराएको छ। यसको प्रभावबाट कोष्टारिकामा पाइने दुर्लभ “वुफो पेरिग्लेन्स” विश्वबाट लोप हुनेछ। विश्व वन्यजन्तु कोषले पृथ्वीको मौसममा अस्वभाविक परिवर्तन देखापरेकोले आगामी दुइ दशकमा ध्रुवीय भालु लोप हुने चेतावनी दिएको छ। हरित गृह ग्याँसले एकातिर यसरी हिंउ पग्लने क्रम तिब्र हँदैछ भने अर्कोतिर समुद्रमा पानीको आयतनमा वृद्धि हँदै गएको छ। यसबाट समूद्रि तटका मानव वस्तीहरु डुब्ने खतरा बढेको छ। हालै वेलायतमा भएको मौसमबिदहरुको सम्मेलनमा सार्बजनिक गरिएको तथ्य अनुसार यो शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धिको कारण विश्वमा तीन करोड मानिसहरुले पानीको कारण दुःख पाउनेछन।

वातावरणीय प्रदुषणको कारणले असुरक्षित बन्दै गइरहेको पृथ्वीलाइ बचाउन प्रदुषणलाइ स्रोतबाटै कटौति गर्न जरुरी छ। यसको सबैभन्दा राम्रो विकल्प भनेको स्वच्छ उर्जालाइ बढावा दिनु नै हो। अर्को पाइला भनेको अहिले हरितगृह ग्याँस उत्पादन गरिरहेका उधोगहरुमा स्वच्छ सँयन्त्र जडान गर्ने हो। जसबाट प्रलुषक ग्याँसको उत्पादन कम गर्न सकिन्छ। यि प्रदुषक ग्याँसलाइ सोसेर वातावरणमा तीनको मात्रालाइ कम गराउने हरिया विरुवाको सँख्या वृद्धि गर्नु हो। यसको लागी प्रमुख औधोगिक राष्ट्रहरु जिम्मेवार हुन पर्दछ। विश्वमा सवैभन्दा वढि(३७%) हरितगृह ग्याँस उत्पादन गर्ने राष्ट्र अमेरिका हो। तर उसले आफना उद्योगको सुरक्षाको नाममा हरितगृह ग्याँस उत्पादन गर्ने क्योटो अभिसन्धिमा हस्ताक्षर गर्न मानेको छैन्। हरितगृह ग्याँसको उत्सर्जन घटाउँदा औद्योगिक संरचना परिवर्तन गर्नु पर्ने र त्यसबाट देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पनैृ अमेरिकीहरुको भनाई छ। उनीहरुले पर्याप्त बैज्ञानिक अनुसन्धान भएपछिमात्र यस बारे धारणा बनाउन सकिने बताएका छन्। र बिकासोन्मुख देशहरुले पनि अह्लिे देखिनै जिम्मेवारी लिनु पर्ने जिकिर गर्छन्। यसबाट पृथ्वीको बिग्रदो भविश्य प्रति अमेरिकाले लापरवाही गरिरहेको बुझिन्छ। क्योटो अभिसन्धिमा हस्ताक्षर नगर्ने अष्ट्रेलिया पनि हो। अमेरिका पछि चीनले बढि हरितगृह ग्याँस उत्पादन गर्छ। तर उसले क्योटो अभिसन्धी अनुमोदन गरि कार्यान्वयन गर्ने दृढता ब्यक्त गरेको छ। यता दक्षिण एसियामा नेपाल बाहेकका सबै देशहरुले उक्त अभिसन्धी अनुमोदन गरिसकेका छन। नेपालले अनुमोदन नगरेपनि उक्त अभिसन्धी कार्यान्वयन गर्न कुनै बाधा पर्दैन। तर उक्त अभिसन्धीबाट लिन सकिने फाइदाका लागी भने अनुमोदन गर्नु पर्दछ। उक्त अभिसन्धीले स्वच्छ विकास संयन्त्रको ब्यवस्था गरेको छ। नेपालजस्ता न्यून हरितगृह ग्याँस उत्सर्जन गर्ने देशहरुले उक्त संयन्त्रबाट फाइदा लिन सक्छन।  प्रदुषित ग्याँस पृथ्वीको जुन कुनाबाट निस्केपनि तिनले पार्ने नकारात्मक प्रभाव विश्वब्यापी छ र पृथ्वीको अर्को कुनासम्म पुग्छ। त्यसो हुनाले यसका निम्ति कुनै एकपक्षमात्र जिम्मेवार भएर पुग्दैन। सबै जिम्मेवार हुन जरुरी छ। त्यसमा पनि बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने देशहरु बढी चिन्तित हुन अत्यन्त आवश्यक भईसकेको छ।

बसन्त गिरी
रसायनशास्त्र केन्द्रिय विभाग, त्रि.वि.,कीर्तिपूर

3/19/2011

Awesome Nepal: Beautiful Nepal






I liked this video. They have done very good job.
Experience this awesome journey into a beautiful country called Nepal. Its surreal, its hypnotic and it will take you into a trance. It is a must-see video for all those who love this gorgeous country. And truly inspiring to those who plan to visit Nepal.


This surely will promote Nepal during Nepal Tourism Year 2011. 

3/11/2011

सुनामीको महाविपत्ति

सधै भुइचालो गइरने जापानमा अहिले फेरि ठुलो भुइचालो गएको छ। करिब ८।९ रेक्टर स्केलको। यो सेन्डाइ भन्ने ठाउँ ओर पर गयो जहाँ मेरा साथी अनन्त मरहट्टा छन्। भुइचालो ले सार्है डर लाग्ने र आतिसकेको उनले बताउदै गर्दा यसपालीको भुइचालोले सुनामी ल्याएको छ। समुद्री पानी जमिनमा पसेको छ धेरै चिज बगाउदै। यसै सन्दर्भमा धेरै पहिले मैले सुनामीको बारेमा लेखेको र प्रकाशित भैसकेको लेख यहाँ सार्वजनिक गरेको छु। आशा गरौ यसपालीको सुनमी महाबिपत्ती हुने छैन।
------------------------------------------------------------
गत पुष ११ गते (सन २००४ ) विहान ठूलो संख्यामा पर्यटकहरू समुद्री किनारमा क्रिसमसको अवसर पारेर आनन्द लिनका लागि आ–आफ्ना कार्यालयमा विदा मिलाएर जम्मा भइसकेका थिए। तर दिन छिप्पीन नपाउदै कसैले कल्पना नगरेको समुद्रको पानीको छाल ठूलो वेगमा उर्लेर आयो। ती पर्यटकलाई त लग्यो, लग्यो, त्यसका कैयौं किलोमिटर क्षेत्रका सम्पूर्ण भौतिक संरचना, यातायात साधनहरू, जनावरहरू, सडक, पुलहरू सखाप पा-यो। प्रत्यक्षदर्शिहरूले भनेका छन्-असंख्य माझी डुड्डाहरू पानीको छालसगै अगाडि र पछाडि उडेका थिए। हेर्दाहेर्दै सडकमा हिडिरहेका गाडिहरू, वरपरका मानिसहरू बगेर गए-वर्षामा हाम्रा ठाडा खोलाले काठ दाउरा बगाए झैं। अहिलेसम्म उक्त सुनामी नामको महाविपत्तिले दुई लाखको हाराहारीमा मानिसहरू मरिसकेको छ र लाखौं विस्थापित भएका छन्। अन्य क्षतिको त हिसाव किताव गर्न भ्याइएको छैन। अन्तर्राष्ट्रिय उद्धारकर्मीले विश्वकै सबैभन्दा लामो उद्धार कार्य शुरु गरिएको दावी गरेका छन्। तापनि खाद्य पदार्थ, औषधि लगायतका सामग्रीका लागि झडपहरू भइराखेका छन्।

उक्त दिन विहान ६ बजे इन्डोनेशियाको पश्चिम किनार क्षेत्रको सुमात्रा टापु आसपास समुद्री सतहबाट ४० किलोमिटर तल केन्द्रविन्दु भएको ८.९ रेक्टर स्केलको भूकम्प गयो। यो भूकम्प विश्वमै चालीस वर्ष यताको सबैभन्दा ठूलो र एकदशकको अवधिमा पाचौ ठूलो हो । उक्त भूकम्पका कम्पनहरू उतिखेरनै दक्षिण एशियाली क्षेत्रमा समेत अनुभव गरिएको थियो। पहिलो ठूलो झड्का पछि पनि थप नौ झड्का गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। तर उक्त भूकम्पीय कम्पनको कारणले शुरुमा उत्तरी सुमात्राको आचे आसपास केही दर्जन भवनहरू मात्र नष्ट भएका थिए। तर त्यो भन्दा कैयौं गुणा खतरा चाही उक्त भूकम्पको कम्पनबाट आएको पानीको छालबाट भयो। समुद्र वा यस वरपर भूकम्प जादा समुद्रको पानी विस्थापित हुन्छ र एक किसिमको तरड्ड उत्पन्न हुन्छ। यसलाई अंग्रेजीमा “हर्वर वेभ” र जापानी भाषामा सुनामी भनिन्छ । यसपटकको सुनामीको तरंगको गति आठसय किलोमिटर प्रति घण्ठा थियो र केन्द्रविन्दुबाट १ हजार ६ सय माइल टाढा रहेका श्रीलङ्काली समुद्रि तटमा १० मिटर उचाइसम्मको थियो। समुद्रको पानी सुनामी तरड्डको रूपमा तटिय क्ष्ँत्रतिर फैलियो अनि पूर्वी तथा दक्षिणपूर्वी एसियाका देशहरू, इन्डोनेशिया, श्रीलंका, भारतको साथै माल्दिभ्स, मलेसिया, थाइल्याण्ड, सोमालिया, बंगलादेश, वर्मा, तान्जानिया र केन्यामा पनि व्यापक प्रभाव प-यो। अग्लो छाल हिन्द महासागर तथा आक्षमान सागरमा पसेपछि प्रकोपले विकराल रूप लिएको छ। यो सुनामी तरंगको शक्ति यति धेरै थियो कि ६ घण्टा लाएर चार हजार किलोमिटर दुरी पार गरेर अफ्रिकासम्म पुग्दा पनि क्षति गर्न सफल भयो  र यो शक्ति नौ हजार एटम बराबर छ। तर भौगोलिक कारणले नेपालले भने क्षति बेहोर्न परेन। सन् ३ सय ६५ देखि सन् २००४ सम्ममा भूकम्पको कारणले ३० पटक सुनामी प्रकोप निम्त्याएको बताईएको छ। ६.३० बजे गएको भूकम्पबाट उत्पन्न सुनामी करिब ९.३० बजे मात्र भारतीय सामूद्रिक तटहरूसम्म आइपुगेको थियो। आवश्यक शर्तकता नअपनाइएका कारण ठूलो क्षेति हुन गएको छ। सुनामी तरंगको पूर्व जानकारी दिने संयन्त्र विकास भैसकेपनि हिन्द महासागरीय क्षेत्रमा उक्त व्यवस्था नभएकोले यो क्षेत्रले अत्याधिक क्षति बेहोर्नु परेको हो।

भूकम्पको कारण के हो ?
 सुनामी प्रकोप भूकम्पको कारणले आएको हो । भूकम्पको अर्थ जमीन चल्न वा कम्पन हुनु हो। वि.सं. १९९० साल माघ २ गते गएको ८.४ रेक्टर स्केलको महाभूकम्प र २०४५ साल भाद्र ५ गतेको भूकम्पलाई नेपालीले विशेष गरी सम्झना गर्छौं। त्यसैगरी २०५७ साल माघ १३ गते छिमेकी राष्ट्र गुजरात राज्यमा भूकम्पले पु-याएको क्षतिलाई पनि विर्सेका छैनौं।

भूकम्पको कारणको सम्बन्धमा वैज्ञानिक खोजको थालनी सन् १७५५ मा पोर्चुगलको लिस्वनमा गएको महाभूकम्प पश्चात् मात्र भयो। आजभोलि भूकम्प सम्बन्धी अध्ययन गर्ने विज्ञानको शाखालाई “सिस्मोलोजी” भनिन्छ। हालसम्म भूगर्भशास्त्रीहरूले भूकम्पका प्रमुख तीन प्राकृतिक कारणहरू उल्लेख गरेका छन्। तीमध्ये प्लेट टेक्टोनिक सिद्धान्त” प्रमुख हो। 

प्लेट टेक्टोनिक सिद्धान्त अनुसार पृथ्वीको माथिल्लो चट्टानी तह २० वटा जति विशाल स्लायव वा प्लेटहरूमा विभाजित छ। यी प्लेटहरूलाई लिथोस्फेरिक प्लेट भनिन्छ। हरेक प्लेट महादेशीय चट्टान वा समुद्री पींधको बेसल्ट (आग्नेय चट्टानको कडा तह) वा दुवै र पृथ्वीको माथिल्लो म्याण्टल (पृथ्वीको माथिल्लो कडा चट्टानी तह मुनीको लेदो रूपी तह) को एक भाग मिली बनेको हुन्छ। लिथोस्फेरिक प्लेटहरू चिसा र कडा हुन्छन् र यिनीहरू आंशिक रूपमा पग्लेको लेदोरूपी चट्टानी भागमा तैरिदै यताउती सरिरहन्छन्।

कुनै एकमा अर्को घुसिरहन्छन् या एक अर्काबाट छुट्टिएर विपरीत दिशामा सरिरहेका छन्। यही प्रक्रियाबाट पृथ्वीमा विभिन्न महादेशहरूको विकास र हिमालयको उत्पत्ति भएको हो। एउटा प्लेट अर्को प्लेटमुनी घुस्दा त्यहा“ ठूलो दवाव वा चाप पैदा हु“दै गरेको हुन्छ । जब दवावको मात्रा अत्याधिक हुन्छ र दवावमा परेको चट्टानी भागले त्यो दवावलाई व्यहोर्न सक्दैन तब चट्टान फुट्दछ र चट्टान फुटेकै भागबाट कम्पन पैदा हुन्छ र त्यही बिन्दुबाट नै भूकम्पको जन्म हुन्छ।

नेपालले के गर्ने ?
भौगोलिक कारणले नेपालमा सुनामीको असर नपरे पनि भूकम्पबाट अत्याधिक खतराको क्षेत्रमा नेपाल पर्दछ। भारतीय उपमहाद्विप हिमालय निरबाट तिब्बतीय भूखण्ड मुनी घुसिरहेको छ। त्यसैले नेपाल समेत रहेका हिमालय श्रृङ्खलाको क्षेत्र र त्यस नजिकका क्षेत्रहरू अत्याधिक भूकम्प जाने क्षेत्रहरूमा पर्छन। पटकपटकका अध्ययनहरूले नेपालमा भूकम्पको डरलाग्दो सम्भावनाको सङ्केत गरेका छन्। त्यसो भयो भने हामीले ठूलो क्षति सहनु पर्नेछ। भूकम्प रोक्न सकिने कुरा होइन न त यसको पूर्व जानकारी दिने वैज्ञानिक संयन्त्र नै विकास भएको छ। तर भूकम्प र महा–भूकम्पहरूबाट हुने खतराबाट हुने क्षति कम गर्न भने सकिन्छ । भौतिक निर्माणका कार्यहरू भूकम्प प्रतिरोधक बनाउनु पर्छ। भूकम्प गइहालेमा पूर्व सतर्कता अपनाउन सबैलाई सुसूचित गर्न जरुरी छ भने यदि त्यसो भएमा आवश्यक उद्धार, उपचार पानी, खाद्यान्न, लत्ताकपडा, औषधि आदि तम्तयार हुनुपर्दछ।

बसन्त गिरी

3/01/2011

Enjoying in Snowy Range Mountain

Enjoying in Snow
Snowy Range is the one of the very few places close to Laramie where we go for fun. I have been to this place may be more than 10 times in a year, looks like once in a month in average. This little mountainous area is ~32 miles from the place where we live (Laramie) and is famous for winter recreational activities e.g. ski, snowboard etc. This place sees snow almost more than half of a year. The base of the mountain is ~9000 ft and highest peak is ~12,013 ft high. The hw 130 goes through this mountain range from Laramie but is closed during heavy snow season and we have to return from ~half way. Summer season is different. There are some view points, some lakes where we do fishing etc. During winter, we don't have many things to do outdoor, apart from sight seeing snow. Most of the time we go to Snowy range and have some fun with snow and the scenery around it.

Last Saturday we went once again. This time my wife was with me along with Shashi sir family. We had lots of fun out there. Here are some of the pictures taken. I hope you will enjoy watching them.