7/13/2011

अम्रिकामा गरीब मोटा, नेपालमा धनी मोटा

खान त नेपालमै पनि टन्न भात खाएकै हो, तर नेपाली माप्दन्ड अनुसार कहिल्यै खाइलाग्दो भैएन। आफूलाई चिन्ता नभए पनि आफ्नालाई/समाजलाई सरोकार हुने। अम्रिका आए पछि पनि खासै परिवर्तन भैएन। कम्तिमा ~१५-२० किलो मासु जिउमा थपेर नेपाल गा'बेलामा मेरा केही साथिलाई के भन्छन् आफ्नाले, थाहा छ? अम्रिका फापेछ। आफूलाई त त्यसरी अम्रिका फापेन। यो कुरा यतै छोडौ। 

यो पाताल मुलुक (अम्रिका) मा नेपालमा जे हुन्छ ठ्याक्कै उल्टो हुन्छ। नेपालमा गरीबहरु सुकुटे हुने, यहाँ धनीहरु सुकुटे हुने। नेपाली गरीबहरु पेट्भरी खान न'पार सुकुटे, यहाँका धनी हरु राम्रो राम्रो खा'र सुकुटे। खाइलाग्दाको कुरो गर्दा नेपालमा धनीमानीहरु यति ठुलो भुँडी हल्लौदै मर्निङ वाक जान्छन्। अनि गरीबहरु काम गर्दा गर्दा लखतरान पर्दा पर्दै सुक्छन्।  अम्रिकामा गरीबहरु मोटा, थल् थल गर्दै हिड्ने। हिड्नै गार्हो हुनेहरु। रोगीहरु। संसारमै धेरै खाने वा खाने कुरा खपत गर्नेहरुमा नम्बर एक हुन अम्रिकीहरु। मन ला'को खान्छन्, नला'को फाल्छन्। धनीहरुले रसिलो, पोसिलो, तागतिलो, फ्रेस खान्छन्। खाए पछि तेत्तिकै तन्दुरुस्त हुन ब्यायाम गर्छन् र पो निरोगी र राम्रा देखिन्छन्। गरीबहरु बोसै बोसो भरिएको कुखुरो खान्छन (जुन सस्तो हुन्छ तेहि), ब्यायाम गर्ने सुबिधाबाट बन्चित छन् अनि मोटाको मोटै। नेपालका धनीहरु खाको खाइ गर्छन्, भौतिक काम काम गर्छन अनी मोटो हुन्छन्। उता गरीबहरु खानै पादैनन तर काम गरेको गरेइ अनि चाइए भन्दा पनि सुकुटे हुन्छन्। 

1 comment:

  1. bhanepachhi hajur dhani ma ganinuhunchha?

    ReplyDelete

Please type your comment in the box below.