4/15/2012

अमेरिकामा नेपाली नयाँ बर्ष भब्य रुपमा मनाइयो।

नेपाली नृत्य 
अमेरिकाको वायोमिङ राज्यमा बस्ने नेपालीहरूले शनिबार नयाँ बर्ष मनाएका छन्। उक्त राज्यको वायोमिङ बिस्वबिध्यालयमा रहेका नेपालीहरूको संस्था FNUW (Friends of Nepal at University of Wyoming) ले आयोजना गरेको उक्त कार्यक्रममा करिब पाच सय आमन्त्रितहरूलाई नेपाली खाना र साँस्कृतिक कार्यक्रमले स्वागत गरेर विद्यार्थीहरूले मनोरन्जन प्रदान गरेका थिए। 

सो बिस्वबिध्यालयमा नेपालि विद्यार्थी र उनिहरुका परिवार सहित करिब सय जना नेपाली रहेका छन्। सेलिब्रेट नेपाल नाम् दिएर प्रत्यक बर्ष नयाँ बर्ष मनाउदै गरेका छन। नेपाली विद्यार्थीहरूले गर्ने उक्त कार्यक्रम् बिस्वबिध्यलयमै हुने उत्क्रिस्ट कार्यक्रम् मध्य पर्दछ। यो कार्यक्रम सहित उनीहरुले बर्षको दुइ पटक स्वागत कार्यक्रम गर्छन र  दशैँ, तिहार, तीज, होलि लगायतका चाडपर्ब सामुहिक रुपमा मनाउछन्. यस्ता कार्यक्रमले नेपाल लाइ बिदेशी माझ चिनाउने र नेपालि कला संस्कृति, भेषभुषाको प्रचार प्रसारमा सहयोग पुग्ने पक्का छ।  

आज मनाइएको नयाँ बर्ष कार्यक्रममा बोल्दै बिस्वबिद्यालयकि अन्तरास्ट्रिय कारक्रमकि संयोजकले आफु अघिल्लो बर्ष नेपाल पुगेर आएको र फेरी पनि जान मन लागेको भन्दै नेपालको प्राकृतिक सुन्दरता र हसिला अनुहारले मोहनी लगाएको बताएको थिइन्। तेस्तै FNUW का सल्लाहाकार प्रोफेसरले आफु पटक पटक नेपाल गएको, नेपालि बैज्ञानिकहरुसंग मिलेर नेपालमा जलवायु परिवर्तन सम्बन्धि अनुसन्धान गरिरहेको बताउदै नेपालि बिस्वबिध्यालयहरु संग मिलेर अझ बढी काम गर्न यो समरमा फेरी नेपाल जान लागेको जानकारी गराएका थिए। नेपाली खाना खाएका अधिकांसले मिठो खानाको तारिफ गरेका थिए। उक्त खानामा भात, मासको दाल, कुखुराको मासु, खसीको मासु, आलु र गोभिको तरकारी, आलुको अचार, गोलभेडाको अचार, मिठाइ, खिर नेपालि स्वादमा खुवाइएको थियो। कार्यक्रमको सुरुवात नेपाल सम्बन्धि १० मिनेट लामो भिडियो देखिएको थियो। विभिन्न प्रकारका नेपालि ठेट गीत मा नृत्य प्रसुत गरेका थिए बिद्यार्थी र उनीहरुका परिवारले। कार्यक्रमको अर्को आकर्षण भनेको अफ्रिकी बिद्यार्थीको नेपालि लोक नृत्य र अमेरिकी आदिबासी महिलाको नृत्य थियो। अन्त्यमा विभिन्न नृत्य गीत बजाई सामुहिक नृत्यले कार्यक्रम चार घण्टा पछी समापन भएको थियो। उक्त कार्यक्रम कुनै पनि बिद्यार्थी समूहले यो बिद्वाबिध्यालयमा गर्ने कार्यक्रम मध्ये सबै भन्दा ठुलो मध्यको एक थियो। 

कार्यक्रमका केहि झलक देखाउने फोटोहरु हेर्दै गर्नुस। भिडियो सके सम्म छिटो राख्ने प्रयास गर्नेछु। यो ब्लग हेर्दै गर्नुहोला। 



सहभागीहरु 



नेपाली पहिरनमा नृत्य गर्न जानु अघि बाल बालिकाहरु 



नेपाली पहिरनमा बाल बालिका 



तामांग सेलो 



वारि जमुना पारि जमुना 



अमेरिकन आदिबासी महिला 



सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला 


झम झम इस्टकोट 



खाना खाने बेला भयो 



सामुहिक नृत्य 

1 comment:

Please type your comment in the box below.