ढोका उघारै राखेर बाहिरको द्रिस्य |
अस्ति देखि यो सिजन को हिउं पर्यो हाम्रो ठाउँ तिर। अब पुरै सेतै भा'छ। भन्नेले त यो ठाउंमा बर्षका प्रत्यक मैना (महिना) नै एक न एक पटक हिउं पर्छ भन्थे तर यसपाली त्यो रेकर्ड तोडियो। सेप्टेम्बरमै पर्ने हिउं बल्ल नोभेम्बर को दोस्रो हप्ता मात्रै पर्यो। अस्ति सल्ट लेक सिटी पुग्दा त्यहाँ पनि हिउ पर्या थ्यो तर अडिन सकेन। सँग संगै परेको लारामीको हिउ भने मजाले बसी रा' रैछ। गाउ नै सेतै बनाउदै। अनी आज राती पनि फेरि परेछ। आज ब्यानै उठेर बाहिर हेर्दा त पुरै परि सकेको अनी अली अली पर्दै पनि गरेको। रमाइलो लाइ'रा' छ। बिदुर को नयाँ क्यमेरा ले फोटो खिचेर यहाँ टास्या छु है त।
किचनको झ्यालबाट बाहिर हेर्दा |
घर बाहिर हेर्दा |
जैबिक जीवन साच्चिकै गा'रो हुन्छ अब। अहिले सम्म देखिएका अलि अलि अलि चराहरु(मैले चिनेको त कौवा हो, अरु एकाध पनि देख्खेका थे'समर मा) अब हराउनु पर्छ। कता जान्छन कुन्नि? दक्षिण तिर जान्छन की यतै कतै गुप्त बास बस्छन था' भएन। अनी लोखर्के पनि हराउछन्। बरु पोहोर को हिउदमा त अलि खरायो देखेको थिय।
अबका ६-८ महिना हिउं सम्बन्धित रमाइलो गर्ने भनेको स्की अथवा स्नो बोर्ड हो। स्की त एक्पटक गर्या छु,ओरेगन हुदा। मिल्यो भने यसपालि स्की वा स्नो बोर्ड गर्नु पर्ला। अनि अर्को कुरा आइस फिशिङ पनि खुब गर्छन् मान्छेहरु। हुन्छ के भने नि, भा'का ताल तलैया सब हिउले जम्छन्। भन्नु होला की त्यहाँ भा'का माछा कहाँ जान्छन त? तर यदि स्कुलमा पढेको बिग्यान सम्झिनु भयो भने याद आइहाल्नु पर्ने हो त्यहा के हुन्छ भनेर। मलाइ अझै याद छ यौटा प्रश्न को त्यो खुब आउथ्यो परिक्षामा "ताल को पानी जमे पनि ताल मुनिका माछा मर्दैनन, किन?" भन्ने टाइपको। हो ठ्याक्कै यस्तै हुन्छ। तालको माथिको पानी जमेर आइस बन्छ, पुरै स्केटिङ खेल्न मिल्ने तरिका को। तर तल मुनीको पानी भने जस्ताको तेस्तै। अनि माछा त्यहि पानीमा खेली रन्छन्। माछा मार्ने माझी दाई लाई यसले के छेक्थ्यो र। के गर्ने भने, त्यो आइस मा दुलो बनाउने। केही फिट मात्रै त हो नि। अनि त्यहि दुलो बाट बल्छी छिराउने। दुलो ओरी परि भा'का माछा उज्यालो देखेर दुलोको ओरी परि आउछन अनि फटा फट बल्छिमा पर्यो बाहिर तान्यो। पोहोर अर्कैले गरि राकोमा यसो रहर मेटेको थिय। यसपाली मिल्यो भने यो पनि गर्ने बिचार छ।
लौ त यो पोस्ट लाई यति। तपाइ आफ्नो अनुभब पनि बड्नु होला।
हाम्लाई त हिउँ परो भन्ने सुन्दा रमाइलो लाग्छ, तर तपाईलाई दिक्क लगाइसकेछ ! क्यार्नु आफूले अहिले सम्म हिँउ नदेख्या भएर होला, त्यस्तो लागेको !
ReplyDeleteहिउँ परेको त मैले नि देखेको छैन...फुस्स उडेर आएजस्तो हुन्छ भन्छन्...
ReplyDeleteVery nice article..
ReplyDeleteKeep writing.